गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन
१५ जेठ, हेटौँडा । गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले दिप प्रज्वलन गरेको छ ।
प्रेस चौतरी नेपालको केन्द्रिय सकुर्लर बमोजिम मकवानपुर शाखाले बिहिबार हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गर्दै गणतन्त्र दिवस मनाएको हो । कार्यक्रम प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दहालको नेतृत्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, जिल्ला इन्चार्ज विवश अधिकारी, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा लगायत जिल्ला भित्रका सक्रिय पत्रकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त गणतान्त्रिक उपलब्धिलाई जोगाउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । सञ्चारकर्मीहरूको सामूहिक उपस्थितिमा सम्पन्न कार्यक्रमले पत्रकारिता क्षेत्र गणतन्त्रको मूल मर्मप्रति सजग, प्रतिबद्ध र उत्तरदायी रहेको सन्देश दिएको छ ।














