बागमती प्रदेशको बजेट ६८ अर्बको बजेट प्रस्तुत

संवाददाता
१ असार २०८२, आईतवार २२:५४

बागमती प्रदेश सरकारले ८२÷८३ का लागि ६७ अर्वको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारका तर्फवाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा कृषी तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्व ६३ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । सस्कृती तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख त्यसैगरि सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २५ करोड ७८ लाख,उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालय ७७ करोड ९६ लाख बिनियोजन गरेको मन्त्री काफ्लेले बताउनुभयो । वन तथा वातावरण मन्त्रालयलाई ३ अर्व ९९ करोड ६७ लाख बिनियोजन,श्रम तथा यातायात मन्त्रालय ८७ करोड ४१ लाख बिनियोजन गरेको मन्त्री काफ्लेले बताउनुभयो । स्वास्थय मन्त्रालयको लागि ३ अर्ब९६ करोड ८८ लाख बजेट बिनियोजन गरेको छ । सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब ३५ करोड ९७ लाख त्यसै गरी यसवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब १६ करोड बिनियोजन गरिएको छ । साथै भौतिक पुर्वाधार विकास मन्त्रालयलाई २४ अर्व ३५ करोड १९ लाख बिनियोजन गरेको छ । खानेपानी, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ७ अर्ब२८ करोड ७१ लाख बजेट बिनियोजन गरेको मन्त्री काफ्लेले बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६२ करोड ११ लाख बिनियोजन मन्त्री काफ्लेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*