जनप्रतिनिधि र व्यापारीमाथिको आक्रमण सामाजिक अराजकताको पराकष्ठाः मउवा संघ

संवाददाता
५ असार २०८२, बिहीबार १७:२४

५ असार, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले पनि वडा अध्यक्ष न्यौपाने माथि भएको घटनाको निन्दा गरेको छ ।
जनप्रतिनिधि र व्यापारीमाथि भएको आक्रमण सामाजिक अराजकताको पराकष्ठा भएको संघको ठहर छ । संघका अध्यक्ष प्रमोदसिंह रानाभाटद्वारा बिहिबार जारी विज्ञप्तिमा समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
पदीय जिम्मेवारी पुरा गर्ने क्रममा जनप्रतिनिधिले खेप्नुपर्ने आक्रमणको दुरावस्थाबाट समाजलाई जोगाउँदै शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिनुपर्ने कानुनी दायित्व निर्वाह गर्न संघले प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*