बिडारीलाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार संरक्षण सम्मान

संवाददाता
१४ असार २०८२, शनिबार १९:२८

१४ असार, हेटौँडा । बरिष्ठ अधिवक्ता, संबिधानसभा सदस्य एवम् पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार संरक्षण सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ ।
एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाले समूहको संस्थापक अध्यक्षको स्मृतिमा स्थापना गरेको सम्मानबाट बिडारीलाई नगद १० हजार रुपैंयासहित सम्मान गरिएको हो ।
एमनेष्टी समूह ६७ हेटौंडाको शनिबार भएको २६ औं बार्षिक साधारण सभाको अवसरमा बिडारीलाई उक्त सम्मानद्वारा सम्मानित गरिएको हो ।
बिडारीलाई ४ दशक भन्दा बढी समय मानवअधिकारको संरक्षणमा योगदान पु¥याएबापत सम्मानित गरिएको एमनेष्टी समूह ६७ का संयोजक प्रकाश ढकालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*