दशैमा व्यापार सन्तोषजनक नहुँदा हेटौंडाका व्यवसायी चिन्तित
२ कार्तिक, हेटौँडा । हिन्दु नेपालीहरुको महान् पर्व दशैमा पनि व्यापार सन्तोषजनक नहुँदा हेटौंडाका यवसायी चिन्तित भएका छन् ।
अघिल्ला वर्षका दशैको जस्तो व्यापार नभएकोमा प्रदेश राजधानी हेटौंडाका व्यवसायी चिन्तित बनेका हुन् । ग्रामिण भेगका अधिकांश सामान किन्नको लागि हेटौंडा बजार नै आउने गरेका छन् । पहिलेको तुलनामा ६०–७० प्रतिशत नै व्यपारम गिरावट आएको व्यवसायी बताउँछन् । दशैको व्यापारले वर्षभरीको जोहो गर्नुपर्ने व्यवसायी व्यपार सोचे जस्तो नहुँदा निराश बनेका छन् । व्यवसायकै विकल्प खोज्नुपर्ने अवस्था आएको उनीहरु बताउँछन् ।

देशमा भएको आर्थिक मन्दी कारण सोचे जस्तो ग्राहक नआएको व्यवसायीको आंकलन छ । सामान बेचेर भ्याईनभ्याई हुने सिजनमा हात बाँधेर बस्नुपर्ने अवस्थामा व्यवसायी छन् । दसैंमा निकै चहलपहल हुने हेटौंडाका लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स लगायत सबै पसल व्यवसायमा सोचे अनुरुप ग्राहक नआएको व्यवसायीको भनाइ छ । टिकटक लगायतका सामाजिक सञ्जालमा आएका फेसनमा ग्राहक आकर्षित हुँदा पनि व्यवसायमा मन्दि आएको व्यवसायी बताउँछन् । आफूलाई चाहेको सामान अनलाइन मार्फत् घर बसी बसी खरीद गर्ने भएकाले पनि ग्राहक पसलमा नआएको व्यवसायी बताउँछन् ।

हेटौंडा बजारमा मात्रै नभई मकवानपुर जिल्लाका थाहा नगर, मनहरी, हटिया क्षेत्रका व्यवसायी समेत व्यापारमा कमी आएको गुनासो गरेका छन् । ठूला चाडपर्वमा नै व्यापारमा शून्यता छाउँदा घर भाडा, ब्याज कसरी पु¥याउने पिरलोमा व्यवसायी छन् ।














