त्रिदेशीय टी–२० क्रिकेट श्रृखंलाको उपाधि यूएईलाई

संवाददाता
१० कार्तिक २०८०, शुक्रबार १७:४९

१० कार्तिक, हेटौँडा । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि यूएईले जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो । जितको लागि नेपालले एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । यूएईका मोहम्मद वासिमले ४५ रन बनाए । नेपालका लागि अभिनाश बोहरा र गुल्सन झाले समान २–२ विकेट लिए । त्यस्तै कुशल मल्ल र करण केसीले पनि समान १–१ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५० रन बनाए ।

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एशियाली क्वालिफायरको तयारी स्वरूप खेलिएको श्रृंखलामा नेपालले समूूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो । अब सोमवारदेखि आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट शुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, यूएई, बहराइन र कुवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*