प्रदेशसभा भवनको फिनिसिङ काम मात्रै बाँकीः मन्त्री दुलाल

संवाददाता
१२ कार्तिक २०८०, आईतवार १६:१४

१२ कार्तिक, हेटौँडा । बागमती प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पहिलो चरण अन्तर्गतको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र दोस्रो चरण अन्तर्गत फिनिसिङ, रंङरोगन, वाइरिङ, साउण्डसिस्टम लगायतका लागि टेण्डर खुलाउने तयारी भइरहेको छ । निर्माण कम्पनीले छिट्टै भवन निर्माण सकेर हस्तान्तरणको तयारी गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रक्रिया पुराएर कार्य गर्दा केही समय ढिलो हुन गएको मन्त्री युवराज दुलालले बताउनुभयो । भवन निर्माणको कार्य लगभग सकिएकोले अब फिनिसिङ काम मात्रै बाँकी रहेको मन्त्री दुलालको भनाइ छ ।


प्रदेश सभा भवन निर्माणको लागि ४ करोड ९४ लाख ९ हजार रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । २०७९ जेठमा निर्माण सम्पन्न हुनुपर्ने प्रदेश सभाको नयाँ भवन हाल सम्म पनि निर्माणधिन अवस्थामै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*