नेपाल एक खेल अगावै टि–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश
१४ कार्तिक, हेटौँडा । नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मंगलबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेल ४३ र आसिफ शेख ३२ रन बनाएर आउट भए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए । पहिलो खेलमा नेपालले सोमवार सिङ्गापुरलाई ८ विकेटले हराउँदै बिजयी सुरुवात गरेको थियो । अब नेपालले बिहीवार ओमानसँग खेल्नेछ ।














