स्वतन्त्र युवा समूह हेटौंडा–९ को आयोजनामा मकवानपुरमा विग मेगा इभेन्ट हुने

संवाददाता
१६ कार्तिक २०८०, बिहीबार १८:४६

१६ कार्तिक, हेटौँडा । स्वतन्त्र युवा समूह हेटौंडा–९ को आयोजनामा मकवानपुरमा विग मेगा इभेन्ट हुने भएको छ ।
हेटौंडा औद्योगिक फुटबल चौरमा कात्र्तिक २० गतेदेखि २८ गतेसम्म हेटौंडा सास्कृतिक मनोरञ्जनात्मक कार्यक्रम (बिग मेगा इभेन्ट) हुन लागेको हो । ओम शक्ती मारुती इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.ली र हेटौंडा उपमहानगरपालिका सहयोगमा हुने कार्यक्रममा ख्याती कमाएका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । हेटौंडामा पहिलोपटक तिर्सना गुरुङको द कोल्याब ब्याण्डले प्रस्तुती दिन लागेको बिग मेगा इभेन्टका व्यवस्थापक अजित राईले जानकारी दिनुभयो । महोत्सवमा रमेश प्रसाइँ र कल्पना दाहालको लाइभ दोहोरी देखि ¥यापर जिबबको प्रस्तुती सम्म रहनेछ । कार्यक्रममा ज्योती मगर, धिरज राई, प्रिती आले लगायत स्थानीय व्याण्ड तथा कलाकारको समेत प्रस्तुती रहनेछ । इभेन्टमा विभिन्न फुड स्टल समेत रहनेछ । कार्यक्रम आयोजनाका लागि आयोजकले करीब २४ लाख लाग्ने अनुमान गरेको छ । १० वर्ष सम्मका बालबालिका र ज्येष्ठ नागरिकलाई प्रवेश निशुल्क रहेको आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*