दुग्ध कारोबार गर्ने संस्थासँग छलफल
२२ कार्तिक, हेटौँडा । हेटौडा उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका दुग्ध कारोवार गर्ने सहकारी संघ संस्था अन्तर्गतका सदस्य संस्थाहरुको अध्यक्ष एवम् व्यवस्थापकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विद्यमान समयमा दूग्ध क्षेत्रमा देखिएको समस्याको बारेमा उपमहानगरले दुग्ध सरोकारवालासँग अन्तरक्रिया गरेको हो । किसानहरुको समस्यामा सरोकारवालाहरु सँग सहकार्य गरी चाँडो भन्दा चाँडो समस्यालाई हल गर्दै जाने उपप्रमुख राजेश बानियाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उपमेयर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा १६ नम्बरका वडा अध्यक्ष रामकृष्ण कोइराला, १७ नम्बर वडा अध्यक्ष उद्धव सत्याल, हेटौडा दूग्ध वितरक आयोजना प्रमुख नवीन शर्मा, आर्थिक विकास महाशाखा प्रमुख राज्यश्वरी शाही, सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य बासुदेव अधिकारी, जिल्ला दूग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद कंडेल लगायतको उपस्थित रहेको थियो ।














