राप्तीरोड र संगमचोकमा तिहार लक्षित बजार सञ्चालन

संवाददाता
२३ कार्तिक २०८०, बिहीबार ११:५४

२३ कार्तिक, हेटौँडा । हेटौडा उपमहानगरपलिकाले तिहारको समयमा हुने भिँडभाडलाई मध्य नजर गर्दै तिहार बिशेष बजार सञ्चालनका लागि स्थान तोकेको छ ।
हेटौंडा उपमहानगरपालिकाको राप्तीरोड र संगमचोकमा तिहार लक्षित बजार सञ्चालनका लागि निश्चित समयका लागि व्यवसायीलाई उपमहानगरले अनुमती दिएको हो । गत वर्ष हेटौंडा अस्पताल बाहिरको खाली जग्गामा तिहार बजार सञ्चालन हुँदै आएकोमा यो वर्षबाट भने संगमचोकमा पनि तिहार लक्षित बजार सञ्चालन गर्न अनुमती दिइएको उपमहानरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।


स्थान तोकेर बजार सञ्चालन गर्दा बजार समेत व्यवस्थित हुने र भिँडभाड पनि कम हुने भएकाले व्यवसायी र उपभोक्ता समेत खुशी भएका छन् ।
तिहार लक्षित बजारमा उपमहानगरले जिल्ला प्रहरी कार्यालय सँगको समन्वयमा सुरक्षाको प्रबन्ध पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*