टिकटक बन्द गर्ने सरकारको निर्णय
२७ कार्तिक, काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएका मन्त्री शर्माले बताउनुभयो । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने र त्यसका लागि कुनै डेडलाइन नतोकिएको सरकारकी प्रवक्ता शर्माले बताउनुभयो । त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने पनि उहाँले स्पष्ट पार्नुभयो ।














