हेटौंडामा छठको रौनक सुरु
१ मंसिर, हेटौँडा । तिहार सकिएसंगै हेटौंडामा छठको रौनक सुरु भएको छ ।
छठ पर्व मनाउनका लागि अहिले हेटौंडा– १ राप्तीतट सिगार्ने काम भैरहेको छ । छठ पूजाको तयारीका लागि पण्डाल निर्माण गर्ने, सरसफाई, सजावट, बत्ती राख्ने, सम्याउने लगायत कार्य भइरहेको छ । केही समय अघि मधेशी समुदायले मात्रै मनाउने छठ पर्व अहिले सबैको साझा पर्वको रुपमा विकास हुँदै गएको छ । छठको लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको छठ पुजा सचिवालयका संयोजक नन्दलाल दासले जानकारी दिनुभयो । यस वर्ष करीब ६ सय ५० फिट लामो छठघाट निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष ५० देखि ६० हजारश्रद्धालु भत्तजनले छठ पूजा अवलोकन गर्नेछन् ।
छठ पूजामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितको टोली परिचालन हुनेछन् । यस वर्ष मंसिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरु हुन्छ ।














