तरकारी बिक्री नभएपछि मानवसेवा आश्रमलाई वितरण, व्यवसायी मर्कामा

संवाददाता
२ मंसिर २०८०, शनिबार १८:४७

२ मंसिर, हेटौँडा । हेटौंडा १ स्थित नदी उकास क्षेत्रको थोक तरकारी बजारमा तरकारी बिक्री नहुँदा व्यवसायी निराश बनेका छन् ।
तरकारी बिक्री नभएपछि व्यवसायीले हेटौंडा–९ स्थित मानवसेवा आश्रमलाई तरकारी वितरण गरेका छन् । तरकारी बिक्री नभएपछि सबै व्यवसायीले आश्रमलाई तरकारी पठाएको तरकारी तथा फलफूल व्यवसायी संघ मकवानपुरका सल्लाहकार दशरथ मर्हजनले बताउनुभयो । बिक्रि नभएका साग सुकाएर गुन्दु्रक हालिएको छ । हेटौंडा–१०, बसपार्कस्थित थोक तरकारी बजारलाई नदी उकास क्षेत्रमा गत मंसिरमा सारिएको थियो । बजार पायक नभएका कारण तरकारी व्यापार अपेक्षीत रुपमा नभएको व्यवसायीको गुनासो छ ।


पहिलाको स्थानमा भन्दा यता तरकारीको बिक्री ५० प्रतिशतले घटेको व्यसायीले बताएका छन् । थोक बजारमा बिहान एकछिन व्यापार भएपनि दिनभर सुनसान हुने गरेको व्यवसायी बताउँछन् । हेटौंडाको तरकारीको मुख्य बिक्री केन्द्रका रुपमा रहेको यस थोक बजारमा तरकारी बिक्री कम हुँदा यसको प्रभाव किसानलाई समेत परेको छ । हरियो तरकारीलाई लामो समयसम्म सुरक्षित राख्ने प्रविधि नहुँदा बिक्री नभएका तरकारी खेर जाने गरेको व्यवसायीको गुनासो छ ।


नेपाल फलफूल तथा तरकारी व्यवसायी संघसँगको समन्वयमा १ सय ६ जना व्यवसायीका लागि स्टल निर्माण गरिएको थियो । उपमहानगरले तरकारी बजार निर्माण गर्न करिब ३ बिगाह जग्गा उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*