लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम एमालेले कहीँ कतै पनि हुन दिँदैनः अध्यक्ष ओली

संवाददाता
२ मंसिर २०८०, शनिबार १८:५७

२ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिनुभएको छ ।
दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसीर ७ गते काठमाडौंमा हुन गईरहेको प्रर्दशनप्रति संकेत गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउनेहरुलाई एमालेले तह लगाउने समेत बताउनु भयो । शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोड तोडकासाथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरु कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले देशलाई अपm्ठ्यारोबाट मुक्त गराउनेगरी सरकारलाई सच्याउनका लागि आफूहरुले पनि मंसीर ७ गते युवा÷विद्यार्थीको प्रदर्शन गर्न लागेको स्पष्ट पार्नुभयो ।
यसैगरी भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाउनु पनि लगाउनुभयो । उहाँले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*