उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन

संवाददाता
४ मंसिर २०८०, सोमबार ०७:४६

४ मंसिर, हेटौँडा । उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ ।
हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत् रूपमा शुरु हुन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो । छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ । नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाण्डौ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदीतटको सरसफाइ गरेर पूजास्थल बनाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*