नयाँ भवनमा सरेपछि प्रधानमन्त्रीको प्रतिक्रियाः नयाँ भवन शुभारम्भले नयाँ गति लिन्छ

संवाददाता
६ मंसिर २०८०, बुधबार १४:१८

६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बुधवार सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उहाँले सरकारका कामकारबाही अब ढंगबाट अघि बढाउने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महशुस गरेको बताउनु भयो । उहाँले पुरानो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उहाँले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको बताउनु भयो । नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताउनु भयो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताउनु भयो । उहाँले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको बताउनु भयो ।
०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*