हेटौँडा इजलासमा श्रव्यदृश्य संवाद मार्फत मुद्दाको सुनुवाई शुभारम्भ
१४ मंसिर, हेटौँडा । उच्च अदालतका इजलासहरु हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई शुरु भएको छ ।
सवोच्च अदालतले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाई शुरु गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हेटौंडा सहित जुम्ला, महेन्द्रनगर र धनकुटामा उच्च अदालतका इजलासहरुको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आफ्नैआफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताउनु भयो । उहाँले नेपालको भूभाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनताहरुलाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको बताउनु भयो । अब मुद्दाको फछ्र्यौट चाँडै हुने, कम खर्चिलो हुने र न्यायमा पहुँच सरल हुने माध्यम बनेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई छ । उहाँले कानून व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर वहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने पनि बताउनु भयो ।

प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तपरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पु¥याउन सहयोग पुग्ने उद्देश्य राखेको बताउनु भयो ।














