पेस्तोल र २० राउण्ड गोलीसहित ३ जना पक्राउ

संवाददाता
२३ मंसिर २०८०, शनिबार १७:२४

२३ मंसिर, हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट प्रहरीले पेस्तोल र २० राउण्ड गोलीसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा–९ का ३३ वर्षका निश्चल पौडेल, ३५ वर्षका गणेश घले र वर्ष ३० का प्रितम क्षेत्रीलाई शुक्रबार पक्राउ गरेर शनिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । उनीहरुको साथबाट १ थान स्वाचालित पेस्तोल, १९ थान गोली, ४ वटा गोलीका खोका, ना २५ प ३३०५ र ना ६३ प ९६७८ नम्बरको दुईवटा मोटरसाईकल र नगद ५० हजार बरामत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो ।


पक्राउ परेका निश्चल पौडेलको योजनामा मंसिर १८ गते हेटौँडा–९ का सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरी एक करोड रुपैयाँ माग गरेका थिए । प्रहरी उपरीक्षक सिताराम रिजाल नेतृत्वको टोलीले तीन दिन लगाएर उक्त घटनाको अनुसन्धान गरेको थियो । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाउने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*