बागमती प्रदेशमा एक वर्षमा ६६ वटा मानव अधिकार उल्लंघनका घटना दर्ता
२४ मंसिर, हेटौँडा । बागमती प्रदेशमा एक वर्षमा ६६ वटा मानव अधिकार उल्लंघनका घटना दर्ता भएका छन् ।
७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार आयोग बागमती प्रदेशले आयोजना गरेको कार्य तथ्यांक सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०७९÷८० मा बागमती प्रदेशमा दर्ता भएका मानव अधिकार उलंघनका उजूरी मध्ये सबैभन्दा बढी काठमाडौबाट ४४ उजूरुी दर्ता भएको बागमती प्रदेश कार्यालय प्रमुख रेवा रेग्मीले जानकारी दिनुभयो । मकवानपुर जिल्लाबाट ६, ललितपुर, सिन्धुली, काभेपलाञ्चोक, र चितवन जिल्लाबाट २÷२ वटा उजुरी दर्ता भएको उहाँले बताउनुभयो । भक्तपुर र सिन्धुपाल्चोकबाट ३÷३ वटा, दोलखा, रामेछाप जिल्लाबाट १÷१ वटा उजुरी परेको उहाँले बताउनुभयो । कार्यालयको क्षेत्राधिकार भित्र पर्ने ५ सय ९७ वटा उजुरी विचाराधिन अवस्थामा रहेको प्रमुख रेग्मीको भनाइ छ ।
कार्यालयले गत आवमा ६७ वटा उजुरी अनुसन्धान सम्पन्न गरि निणर्यार्थ केन्द्रिय कार्यालयमा पठाएको छ । यस आर्थिक वर्षको हालसम्म कार्यालयबाट ३१ पटक मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन भएको तथ्यांक छ ।














