स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक छः प्रधानमन्त्री दाहाल

संवाददाता
२९ मंसिर २०८०, शुक्रबार १३:५१

२९ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताउनुभएको छ ।
२९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री दाहालले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाउने बताउनुभयो । उहाँले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था गर्न र अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्री दाहालले संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको दाबी गर्नुभयो । उहाँले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।


प्रधानमन्त्री दाहालले पछिल्लो समय काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरु आफूले गम्भीरतापूर्वक नियालीरहेको बताउनु भयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दैै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । उहाँले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि तीन वटै तहको सरकारको भुमिका उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*