जुरेथुम पर्यटक क्षेत्रलाई थप व्यवस्थित बनाउन उपमहानगरले सहयोग गर्छः उपमेयर बानिंया
३० मंसिर, हेटौँडा । जुरेथुम पर्यटक तथा पिकनिक क्षेत्र मकवानपुर समितीको आयोजनामा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न् भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको विकास कसरी गर्नै सकिन्छ भन्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । समितीका अध्यक्ष शकंर बहादुर राउतको अध्यक्षता रहेको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ प्रमुख अतिथि रहनुभएको थियो । पिकनिक क्षेत्रलाई थप व्यवस्थित बनाउन उपमहानगरले सहयोग गर्ने उपमेयर बानिंयाले बताउनुभयो ।

कार्यक्रममा १६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइराला, १७ नम्बर वडाका अध्यक्ष उदब सत्याल, १६ नम्बर वडाका वडा सदस्य राजन दहाल, १७ नम्बर वडाका वडा सदस्य नवराज न्यौपाने, जुरेथुम पर्यटक तथा पिकनिक क्षेत्र मकवानपुर समितीका निर्वतमान अध्यक्ष रमेश पौडेल, राधा माधव समितीका प्रतिनिधी विजय कुमार शर्मा लगायतको सहभागीता रहेको थियो ।














