सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध छः उपमहासचिव पुन

संवाददाता
२ पुष २०८०, सोमबार १८:५१

२ पुस, हेटौँडा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले हिउँदे अधिवेशनबाट निजामती सेवा ऐन पास हुने बताउनुभएको छ ।
प्रेस सेन्टर मकवानपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पुनले हिउँदे अधिवेशनमा निजामती ऐनलाई पास गर्ने गरी सरकारले तयारी अगाडि बढाएको बताउनुभयो । प्रदेश प्रहरी सञ्चालनलाई सहज हुने गरी संघीय प्रहरी ऐन सरकारको प्राथमिकतामा रहेको उहाँले दाबी गर्नुभयो । संसद्मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा ऐनलाई पनि टुंगो पु¥याउने सरकारको तयारी रहेको उपमहासचिव पुनले बताउनुभयो । हिउँदे अधिवेशनमा संघीयताको प्रभावकारी कार्यान्वयनको लागि जरुरी रहेका ऐनहरु सके सहमति नभए बहुमतबाट भएपनि पारित हुने उहाँले स्पष्ट पार्नुभयो । उपमहासचिव पुनले वर्तमान सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको पनि दोहो¥याउनुभयो ।
उपमहासचिव पुनले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेरावन्दीमा पारेको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*