बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु

संवाददाता
५ पुष २०८०, बिहीबार १६:१२

५ पुस, हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा भएको बृहत खेलकुद तथा व्यापार महोत्सव विहीबारबाट सुरु भएको छ ।
हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले नकारात्मक भावनाहरुलाई त्यागेर खेलाडीहरु अगाडि बढ्नुपर्ने बताउनुभयो । हारबाट निराशा नहुन उहाँले खेलाडीहरुलाई आग्रह समेत गर्नुभयो । समिति अध्यक्ष भेष खड्कीको सभाध्यक्षता भएको कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । खेलकुद विकास समितिको कार्यलयबाट निकालिएको ¥याली हेटौंडा बजार परिक्रममा गरी महोत्सव स्थल पुगेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पुर्व नगर प्रमुख हरि बहादुर महत, हेटौंडाका वडा अध्यक्षहरु, शिक्षाविद् पुरन बहादुर जोशी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुदसम्बन्ध संघसंस्थाका अध्यक्षहरु, खेलका प्रशिक्षकहरु, औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दिप महत लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।


मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना गर्ने बताउदै खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले बताए । उनका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान समेत राखिएको छ । मेलामा करिब २ सय ६० वटा स्टल रहेका छन् ।


महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*