हेटौंडा उपमहानगरले कलेज चलाउने

संवाददाता
१० पुष २०८०, मंगलवार १९:०५

१० पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले कलेज सञ्चालन गर्ने तयारी गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर उपमहानगरपालिकाले दुईवटा कलेज सञ्चालन गर्ने तयारी गरेको हो । यसका लागि आवश्यक प्रक्रिया अघि बढेको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बाँनियाले जानकारी दिनुभयो । उपमहानगरको अभिभावकत्वमा दुईवटा विषय अध्यापन गराउने गरि कलेज सञ्चालन हुन लागेको हो । हेटौंडा—२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा ‘ल क्याम्पस’ र हेटौंडा—१६ स्थित जनप्रिय प्राविधिक विद्यालयमा ‘बीएससी एग्रीकल्चर क्याम्पस’ सञ्चालनमा ल्याउने तयारी भएको छ ।
मंगलबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा.यादवराज कोइराला सहितको टोलीले कलेज सञ्चालनका लागि अनुमती माग गरेका विद्यालयको प्रारम्भिक अनुगमन समेत गरेको छ । अनुगमनमा हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बाँनिया, पूर्वाञ्चल विश्वविद्यालयका डिन प्राध्यापक डा.पवन कुमार झा, हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, ६ नम्बर वडाका अध्यक्ष विष्णु बहादुर दाहाल, १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा क्याम्पस सञ्चालन समिति अध्यक्ष आनन्दराम पराजुली लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*