प्रदेश सरकार काम नै गर्न नसक्ने स्थितिमा छैनः मुख्यमन्त्री जम्कट्टेल

संवाददाता
१२ पुष २०८०, बिहीबार १२:३२

१२ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता कार्यान्वयको सुरुवात सकारात्मक भएको बताउनुभएको छ ।
संविधानले निर्दिष्ट गरेका अधिकारहरु प्रत्यायोजन हुन बाँकी रहेपनि काम नै गर्न नसकेको स्थितिमा पुगि नसकेको उहाँले बताउनुभयो । बिहीबार हेटौँडामा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले संघीयता कार्यान्वयनको विषयमा तिनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरिरहेको दाबी गर्नुभयो । संघीयताको मोडल फरक–फरक भएपनि नेपालले पनि आफ्नै भूगोलमा विशिष्ट प्रकारको संघीयताको मोडल अपनाएको उहाँको भनाई थियो । मुख्यमन्त्री जम्कट्टेलले नेपालमा संघीयता कार्यान्वयनमा खासै समस्या नरहेको पनि दोहो¥याउनुभयो । २ सय ४ वर्ष शासन गरेपनि राजवादीहरुले जनतालाई विकासको चेतना दिन नसकेको मुख्यमन्त्री जम्कट्टेलले टिप्पणी गर्नुभयो ।


यस्तै कार्यक्रममा बोल्नुहुँदै नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुुंगानाले संघीयताका पक्षधरहरु नै संघीयता कार्यान्वयनमा चुकेको बताउनुभयो । संघीयतालाई संस्थागत रुपमा विकास गर्न गम्भीर नबने इतिहासले समेत छुट नदिने उहाँको भनाई थियो । धेरै गुनासो गर्नु भन्दा काम गरेर देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ढुंगानाले तीन वटै तहको सरकारले आफुले गरेका कामहरुको आत्मसमीक्षा गर्ने बेला आएको समेत जिकिर गर्नुभयो । एक आपसमा लुछाचुडी नगरी संघ, प्रदेश र स्थानीय सरकार संघीयता कार्यान्वयनमा जिम्मेवार नबने प्राप्त उपलब्धिहरु माथि नै संकट पैदा हुने उहाँले बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न प्रदेशका सचिवहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*