नौ बुँदे साझापत्र कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी

संवाददाता
१३ पुष २०८०, शुक्रबार १९:०९

१३ पुस, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार बसेको सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले संघीय सरकारलाई दबाब दिन नौ बुँदे साझापत्र कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अन्तर प्रदेशस्तरीय मुख्यमन्त्री बैठकले नौबुँदे साझापत्र शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी गरेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । बैठकले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले प्रदेशका साझा सवालमा एकरूपता कायम गरी समन्वय, सहजीकरण र सहकार्यका लागि अन्तर प्रदेश “मुख्यमन्त्री संयन्त्र” निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
बैठकले तीन तहको शासकीय व्यवस्थाको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख राजनीतिक दलहरू बीच राष्ट्रिय सहमतिसहितको साझा धारणा निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*