राष्ट्रिसभा चुनावको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

संवाददाता
१६ पुष २०८०, सोमबार १७:००

१६ पुस, हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट ४ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । प्रदेशमा १ सय १० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख, उपप्रमुख गरी ३ सय ४७ मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसवर्ष प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको १९ कायम गरिएको उहाँले बताउनुभयो । निर्वाचनको लागि पुस २३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको अधिकृत कार्कीले जानकारी दिनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले निर्वाचनको लागि सुरक्षाका सबै संयन्त्रलाई परिचालन गर्ने बताउनुभयो । निर्वाचनमा मतदान केन्द्र र मतदाता थोरै भएपनि निर्वाचन विशेष सुरक्षा योजना बनाउने उहाँले जानकारी दिनुभयो ।
मतदान हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*