देउसी भैलोबाट संकलन गरेको रकमबाट विद्यार्थीहरुलाई सहयोग

संवाददाता
२१ पुष २०८०, शनिबार १९:२०

२१ पुस, हेटौँडा । हिमालयन राईडर्स सोसाइटी मकवानपुरले देउसी भैलोबाट संकलन गरेको रकमबाट विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी समाग्री वितरण गरेको छ ।
शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१६ शक्तिखोलामा रहेको बि.पि.आधारभुत विद्यालयका ८३ जना विद्यार्थीहरुलाई सोसाइटीले स्कुलब्याग र स्टेशनरी समाग्री वितरण गरेको हो । सोसाईटीले देउसीभैलाबाट संकलन गरेको रकमबाट ४५ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको हिमलयन राईडर्स सोसाइटी मकवानपुरका उपाध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो । हिमालयन राईडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केदारसिंह वाईबाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुर नेपाल, सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*