थाहा नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण वितरण

शम्भु अधिकारी
९ माघ २०८०, मंगलवार १८:१०

९ माघ, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले कृषकहरुलाई यान्त्रिकरणतर्फ उन्मुख गराउन वडा नम्बर ९ र १२ मा कृषि उपकरण वितरण गरेको छ ।
‘मेयर वडास्तरीय तरकारी पकेट कार्यक्रम’ अन्तर्गत परम्परागत खेती प्रणालीलाई आधुनीकरण गर्ने उद्देश्यले पालिकाको वडा नम्बर ९ र १२ का किसानहरुलाई कृषि उपकरण वितरण गरिएको गरेको हो । पालिकाले कृषकहरुलाई हात्तेट्रयाक्टर लगायतका कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले सुन्तलाबारी कृषि सहकारी मार्फत् वडा नम्बर १२ मा ७ एच.पि.क्षमताको ३९ वटा हात्तेट्रयाक्टर, २२ थान स्प्रेयर पम्प, डिजिटल तराजु १० थान, एमएमको पाइप ७ हजार ५ सय मिटर, मल्चिङ प्लास्टिक १० रोल ,गर्डेन पाइप १५ केजि, सिल्पोलिन प्लास्टिक ७ थान, स्प्रीङकल १०० थान,१५ थान एप्रोन सेट लगायतका कृषि सामग्री वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यी समग्री किसानलाई उपलब्ध गराइएको हो । उपकरण वितरण गर्दै थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताउनुभयो । मेयर वडास्तरीय तरकारी पकेट कार्यक्रम कम्तीमा १ सय ४० रोपनी क्षेत्रफलका दरले तीन स्थानमा सञ्चालन गर्ने पालिकाको योजना छ । यसको लागि पालिकाले ३६ लाख बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*