राष्ट्रियसभा सदस्य चुन्न बागमतीमा मतदान जारी
११ माघ, हेटौँडा । राष्टिष्य सभा सस्यको निर्वाचन लागि बागमती प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान जारी छ । मतदानका लागि प्रदेश सभा सदस्य र स्थानिय तहका प्रमुख उपप्रमुख लामबद्ध भएर बसेका छन् । निर्वाचनमा ६ वटा राजनीतिक दलहरूबाट १५ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले साझा उम्मेदवमर उठाएका छन् । नेकपा (एमाले), राप्रपा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपा एक्ला एक्लै चुनावी मैदानमा छन् । बागमतीमा महिला, दलित, अपाङ्गता÷अल्पसंख्यक र अन्य क्लस्टरका लागि निवार्चन हुँदैछ ।
मतदानका लागि प्रदेश सभा सदस्य र पालिका प्रमुख उपप्रमुखका लागि बेगलाबेग्लै मतदान केन्द्र राखिएको छ । प्रत्यक क्लष्टरको मतदानका लागि छुट्टै बुथ बनाइएको छ । बागमती प्रदेशमा १ सय १० जना प्रदेशसभा सदस्य र १ सय १९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरि २ सय ३७ मतदाता रहेका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी घेरा रहेकोे छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म जारी रहने मतदान अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो । मतगणना आजै हुने र नतिजा आज अबेर सम्म सार्वजनिक हुने उहाँले जानकारी दिनुभयो














