संघीयताको प्रभावकारी कार्यान्वयन भए मुलुक समृद्ध बन्छः सभामुख घिमिरे

संवाददाता
१३ माघ २०८०, शनिबार १९:१२

१३ माघ, हेटौँडा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा तीन वटै तहको सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
संघीयता खर्चको बोझ मात्र भयो भन्ने भाष्य स्थापित भइरहेको बेला यसलाई अझै सही ढंगले कार्यान्वयन गर्न नेतृत्वहरुले ध्यान दिनुपर्ने बताउनुभयो । भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले सामाजिक सुरक्षा कोष जस्ता कार्यक्रमले संघीयता थप मजबुत हुने बताउनुभयो । उहाँले संघीयताको राम्रो संग प्रयोग गर्न सके मुलुक समृद्धि हुने पनि जिकिर गर्नुभयो । उहाँले श्रम अनुसारको दाम र आवश्यकता अनुसारको परिणाम आउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । श्रमको मुल्य र महत्व पहिचान भए मात्र समाजवादको बलियो आधार तयार हुने सभामुख घिमिरेको भनाई थियो । उहाँले श्रमिकहरुको सामाजिक उत्थान गराउने कोषमा आवद्ध गराउन तीनै तहका सरकारले पनि पहल कदमी लिनुपर्नेमा जोड दिनुभयो ।\
सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषमा हालसम्म ५१ अर्ब २९ करोड रुपैयाँ संकलन भएको बताउनुभयो । नियत सही भएमा प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न सके ऐन कानुनले काम गर्न नरोक्ने बताउनुभयो । नागरिकको हक अधिकार र सेवा प्रवाहका विषयमा सहि ढंगबाट काम गर्न कुनै पनि कानुनले बाधा नगर्ने उहाँको भनाई थियो । सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरुलाई जानकारी गराएर आवद्ध गराउनु पर्नेमा जोड दिनुभयो ।


राज्यले लिएको नीतिलाई कार्यान्वयनको पहल गरेको भन्दै सभामुख घिमिरेले भीमफेदी गाउँपालिकाको प्रशंसा गर्नुभयो । यस्तै नेकपा एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारको लगानी गनुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*