टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

संवाददाता
१५ माघ २०८०, सोमबार १८:२८

१५ माघ, हेटौँडा । हेटौंडा–१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्युु हुने पुरूषको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा एक महिला घाइते भएकी छिन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*