गैरीगाउँ दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो
१५ माघ, हेटौँडा । हेटौंडा–१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्युु हुनेमा हेटौंडा १७ बस्ने हरि पनेरु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतककी पत्नी अर्चना पनेरू घाइते भएकी छिन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।














