हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारी आन्दोलित

संवाददाता
१७ माघ २०८०, बुधबार २०:१४

१७ माघ, हेटौँडा । व्यवस्थापकमा कार्य सम्पादन क्षमताको अभाव भएको भन्दै हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारी आन्दोलित बनेका छन् ।
कार्यालयका व्यवस्थापक भोजराज विनाडी विरुद्धले कर्मचारीलाई बारम्बार अनुचित व्यवहार गरेको भन्दै कर्मचारीले बुधबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् । बारम्बार मानव अधिकारकै हनन गर्ने क्रियाकलाप व्यवस्थापकले गरेको कर्मचारीले आरोप लगाएका छन् । कर्मचारीले श्रम ऐनमा व्यवस्था भए बमोजिम काममा बाधा नपर्ने गरी सांकेतिक रुपमा हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । प्रथम चरणको आन्दोलन स्वरुप माघ २४ गतेसम्म आन्दोलन जारी रहने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय कर्मचारी संघ इकाई समिति अध्यक्षले तेजराज थिङले बताउनुभयो । आफूहरु बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रन परेको उहाँको भनाइ छ ।


कर्मचारीहरुको असन्तुष्टिका विषयमा संचारकर्मीहरुले कुरा गर्दा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख विनाडीले यस विषयमा कर्मचारीसँग छलफल गर्ने बताउनुभयो ।
आन्दोलनमा उत्रिएका कर्मचारीले उद्योग बाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारलाई मागपत्र समेत बुझाएका छन् । संयुक्त रुपमा हरुताक्षर गरी क्षमतावान् व्यवस्थापक दिन उनीहरुले माग गरेका छन् । माग सम्बोधन नभएमा दोस्रो चरणको आन्दोलनमा उत्रने कर्मचारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*