कफि खेतिलाई प्रोत्साहन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर

अम्बिका बस्नेत
१९ माघ २०८०, शुक्रबार १८:५४

१९ माघ, हेटौँडा । मकवानपुर जिल्लाको विभिन्न भागमा गाजा तथा अफिम खेतिमा बृद्वि भई रहेको बेला जिल्ला प्रहरी कार्यालयले कफि खेतिलाई प्रोत्साहन गरेको छ ।
जिल्लाको पहाडी भेगमा स्थानीयले गाजा तथा अफिम खेतीमा बृद्वि गरे पछि प्रहरीले कफि खेति गर्नु पर्छ भनेर प्रोत्साहन गरेको हो । गाँजा खेतिलाई नियन्त्रण गर्ने उद्देश्यले मकवानपुर प्रहरीले कफि खेतिलाई प्रोत्साहन दिएको प्रहरी निरिक्षक प्रकाश ठकुरीले जानकारी दिनुभयो । कफि खेतिको कार्यक्रम बागमती प्रदेश प्रहरी कार्यालय र राक्सिराङ्ग गाउँपालिकाको समन्वयमा सञ्चालनमा गरिएको हो । सो कार्यक्रम २०८० साल श्रावण २५ गते बाट सुरु गरिएको थियो । प्रहरीका अनुसार चालू बर्षमा ५ हजार ५ सय २४ किलो ९ सय २१ गाँजा ग्राम बरामद गरिएको छ । अन्य बर्षहरुको तुलना गाँजा २०७९ ÷०८० मा अत्याधिक मात्रामा बरामद गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*