सवारी दुर्घटना न्युनीकरण गर्न सचेतनामुलक कार्यक्रम

संवाददाता
२० माघ २०८०, शनिबार १८:४६

२० माघ, हेटौँडा । सवारी दुर्घटना न्युनीकरण गर्न नेपाल तरुण दल इकाई समिति हेटौंडा–६ र प्रहरी चौकी चौघडाको सहकार्यमा हेटौंडामा सचेतनामुलक कार्यक्रम गरिएको छ ।
दुईवटा राष्ट्रिय राजमार्गले जोडिएको हेटौंडा उपमहानगरपालिका–६ मा पछिल्लो समय सडक दुर्घटना बढ्दै जान थालेपछि वडा प्रहरी, ट्राफिक प्रहरी, जनप्रतिनिधी सहितको उपस्थितीमा सचेतनामूलक कार्यक्रम गरिएको हो । समुदायमा कांग्रेस अभियान अन्तर्गत शनिबार सडक दुर्घटना न्यूनीकरणका लागि चालकलाई बिस्तारै सवारी चलाउन अनुरोध गरिनुका साथै अनिवार्य रुपमा सिटबेल्ट बाँध्न, हेल्मेट लक बाँध्न, ट्राफिक र सडक नियमको पालना गर्न, सवारी चलाउँदा मोवाइल फोनको प्रयाग नगर्न सुझाव दिइएको थियो । ६ नम्बर वडा अध्यक्ष बिष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सवारी दुर्घट्ना न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो ।


६ नम्बर वडामा दुर्घटनाका घटना बढ्दै गएकोले सवारी चालकलाई सचेतना प्रदान गर्न कार्यक्रम गरिएको तरुण दल ६ नम्बर अध्यक्ष कमल कोइरालाले बताउनुभयो ।
कार्यक्रममा ६ नम्बर वडा सदस्य विजय पौडेल, पुर्व वडा अध्यक्ष एवम् नेपाली काग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाई, नव जिवनज्योती क्लबका अध्यक्ष राजकुमार बास्तोला, नेपाली काँग्रेस वडा सभापति रामहरी तिमल्सिना लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*