हेटौंडामा खेलकुद पत्रकारिता तालिम सुरु

संवाददाता
२५ माघ २०८०, बिहीबार १८:५४

२५ माघ, हेटौँडा । जिल्ला फुटबल संघ मकवानपुरको आर्थिक सहयोगमा बिहीबारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा खेल पत्रकारिता तालिम सुरु भएको छ ।
खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा भएको तालिमको एन्फा केन्द्रिय सदस्य एवं जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले उद्घाटन गर्नुभयो । फुटबल खेलको नियम, प्राविधिक ज्ञान, समाचार लेखन गर्दा ध्यान दिनुपर्ने कुराहरु, फुटबलको सर्वव्यापी मान्यता लगायतका विषयमा दुई दिन प्रशिक्षण हुने उपाध्यक्ष विडारीले बताउनुभयो ।
तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ । तालिममा मकवानपुरका २९ जना पत्रकारको सहभागिता रहेको छ । पहिलो दिनको तालिमको सहजीकरण फुटवल खेलका विज्ञ सञ्जिव मिश्रले गर्नुभएको छ । शुक्रबार रेडियो कान्तिपुरका सम्पादक पवन आचार्य र खेल पत्रकार प्रकाश तिमल्सिनाले फुटबल खेलको रिपोटिङको विषयमा सहजिकरण गर्नेछन् । नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरका उपाध्यक्ष सुवास विडारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुँमागाई लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*