वडास्तरीय प्रथम वृहत् खेलकुद प्रतियोगिता सुरु

संवाददाता
२६ माघ २०८०, शुक्रबार १९:११

२६ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको सहयोग तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा शुक्रबारदेखि वडास्तरीय प्रथम वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।
हेटौंडा ४ स्थित हुप्रचौरमा शनिबारसम्म चल्ने प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख हरिबहादुर महतले छेलो फालेर उद्घाटन गनुृभयो । शैक्षिक र खेलकुदको क्षेत्रमा वडा नम्बर ४ को भूमिका प्रसंसनीय रहेको उहाँले बताउनुभयो । उद्घाटन समारोलाई सम्बोधन गर्दै वडा अध्यक्ष नविन सिग्देलले विद्यार्थको सिर्जनशील प्रतिभा उजागर गर्न तथा विद्यार्थीमा शारीरिक मानसिक तन्दुरुस्ती बढाउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । शिक्षामा सुधार नभएसम्म कुनै क्षेत्रको विकास नहुने बताउँदै शिक्षामा गुणस्तर सुधार्नु आवश्यक रहेको बताउनुभयो ।


प्रतियोगिता अन्तर्गत् महिला तथा पुरुष एथ्लेटिक्स, भलिबल, फुटबल र क्रिकेट हुनेछ । कायृक्रम उद्घाटनपूर्व वडाभित्रका विद्यालयका विद्यार्थी, शिक्षक, स्काउट, खेलाडी सहितको टोलीले हुप्रचौरबाट ¥याली निकालेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिम तथा खेलाडीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा १० नम्बर वडाका वडा अध्यक्ष फुर्वादोर्जे लामा, १४ नम्बरका वडा अध्यक्ष दिपक खड्का, ७ नम्बर वडाका पूर्व वडा अध्यक्ष राजन थापा लगायतले शुभकामना राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*