सामाजिक सेवामा लायन्सको भूमिका महत्वपूर्णः मन्त्री मोक्तान

संवाददाता
२६ माघ २०८०, शुक्रबार २१:३२

२६ माघ, हेटौँडा । बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सामाजिक सेवामा लायन्स क्लबहरुको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।
माघ २० गतेदेखि सुरु भएको निशुल्क आँखा परीक्षण सिविर र निशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रमको समापन गर्नुहुँदै मन्त्री मोक्तानले बिभिन्न स्थानमा सिबिर संचालन गरि मोतियाबिन्दुको बिरामी पहिचान गरि आँखा देख्ने बनाउने लायन्स क्लबको कार्यको प्रशसा गर्नुभयो । मन्त्री मोक्तानले शल्यक्रिया भएर आँखा देख्ने भएका सबै बिरामीहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर भएको हो । मोतियाबिन्दुको शल्यक्रिया पश्चात् नयाँ जीवन पाए जस्तै भएको राईगाउँका स्थानीय दलबहादुर बिकले प्रतिक्रिया दिनुभयो ।
बिभिन्न स्थानमा १ हजार ६ सय १७ जनाको आँखा परिक्षण गरी २ सय ५० जना मोतियाबिन्दुको बिरामीहरुको २४ र २५ गते शल्यक्रिया गरि शुक्रबार सबैलाई डिस्चार्ज गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले जानकारी दिनुभयो ।
मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालका डाक्टरहरु सुनिल थकाली, मोहिनि श्रेष्ठ, एलिना चौहान, सुशिल कुमार सिंहले शल्यक्रिया गरेका थिए ।
समापन कार्यक्रममा ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर टासी तुम्बाहाम्फे, हेटौडा सामुदायिक आँखा अस्पतालका प्रशासकीय प्रमुख सुशिर श्रेष्ठ, लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष हरिबंश भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा आँखा परिक्षण सिविर र मोतियाबिन्दुको शल्यक्रिया कार्यमा सहयोग गर्ने संघ, संस्था र ब्यक्तिहरुलाई सम्मान गरि धन्यवाद ज्ञापन गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजी गौतम केसीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*