इन्द्रसरोवर गाउँपालिकामा विपद् व्यवस्थापन वेश स्थापना
२ फागुन, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन वेश स्थापना गरेको छ ।
शसस्त्र प्रहरी नायव महानिरिक्षक डिआइजि लक्ष्मण बहादुर सिंहको प्रमुख उपस्थितीमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा वेश स्थापना गरिएको हो । थाहा नगरपालिका, इन्द्रसरोवर र भीमफेदी गाउँपालिकालाई लक्षित गरेर सशस्त्र प्रहरीले विपद् व्यवस्थापन वेश राखेको हो । मनसुन जन्य प्रकोप तथा अन्य विपद् न्यूनीकरणका लागि, सम्भावित दुर्घटनामा उद्धार कार्यलाई सहज बनाउन र शान्ति सुरक्षाका लागि वेश स्थापना गरिएको शशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुखअनिल कार्कीले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापन वेशमा शसस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट आवश्यक सामग्री र विपद तालिम गरेका जनशक्ति व्यवस्थापन गरिएको छ । उक्त अवसरमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पालिकाको तर्फबाट उद्धार प्रक्रियामा आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्नुभएको थियो ।














