१० वटा विधामा पत्रकारलाई अवार्ड प्रदान
६ फागुन, हेटौँडा । न्यू मिडिया एकेडेमी प्रा.लिले सञ्चालन गर्दै आइरहेको हेटौंडा जर्नालिज्म् अवार्डको पाँचौं संस्करण शनिबार हेटौंडामा भएको छ ।
१० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै पाचौं हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो । उदीयमान पत्रकार अवार्ड रविन्द्र वाईवाले, टेलिभिजन पत्रकार अवार्ड मनिल महतोले, अनलाइन पत्रकार अवार्ड, अनिल पराजुलीले, चलचित्र पत्रकार अवार्ड राजेश थापा गरिबले , ग्रामीण पत्रकार अवार्ड, सुनिता विष्टले, खेलकुद पत्रकार अवार्ड बिक्रम बानिंयाले , खोजी पत्रकार अवार्ड नविन तिमल्सिनाले पाएका छन् । यस्तै, उत्कृष्ट महिला पत्रकार २०८० को अवार्ड सरिता दाहाल र उत्कृष्ट पुरुष पत्रकार २०८० को अवार्ड गणेश दुलालले पाएका छन् ।सर्वोत्कृष्ट राष्ट्रिय पत्रकार अवार्ड भने होम कार्कीलाई प्रदान गरिएको छ ।
साथै कार्यक्रममा अग्रज पत्रकारहरू कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ र हरि हुमागाईंलाई पनि सम्मान गरिएको छ । संचार उद्यमीहरू माधव न्यौपाने, धुर्वराज ढकाल र उज्ज्वल चौलागाईलाई पनि सम्मानित गरिएको छ । कार्यक्रम न्यू मिडिया एकेडेमी र पावर इन्टरनेसनल मिडियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता र उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रतिविधामा ५ हजार, उत्कृष्ट पत्रकार पुरस्कारमा १० हजार र सर्वोत्कृष्ट पत्रकार पुरस्कारमा १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।














