विप्लव भए समाजवादी मोर्चाको संयोजक

संवाददाता
६ फाल्गुन २०८०, आईतवार ११:०९

६ फागुन, काठमाडौँ । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ ।
आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताउनु भयो । उहाँले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताउनु भयो । उहाँले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताउनु भयो ।
महासचिव गुरुङले यसअघि मोर्चाको नेतृत्व नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको थियो । बैठकमा कार्यक्रमका योजनाहरु बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*