हेटौंडा १० स्थित बसपार्कमा झण्डात्तोलन
७ फागुन, हेटौँडा । राष्ट्रिय झण्डा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा एक सय फिट उचाईको राष्ट्रिय झण्डा राखिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा परेर सोमबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले झण्डोत्तोलन गर्नुृभयो । फत्तेनारायण डंगोल, इन्द्रकुमारी डंगोल र बालगोपाल डंगोलको स्मृतीमा डंगोल परिवारले राष्ट्रिय झण्डा हेटौंडाको मुख्य भाग वसपार्कमा राखिएको हो ।














