मकवानपुरमा फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुबेलाविरुद्व खोप दिइने

संवाददाता
९ फाल्गुन २०८०, बुधबार १६:५०

९ फागुन, हेटौँडा । मकवानपुर जिल्लाका बालबालिकालाई फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुबेलाविरुद्व खोप दिइने भएको छ ।
जिल्ला खोप समन्वय समिति मकवानपुरको आयोजनामा सन्चारकर्मीको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा खोप अभियान सञ्चालनको तयारी पूरा भएको जानकारी गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अभियानमा ५ सय २० खोप केन्द्र मार्फत ९ महिनादेखि पाँच वर्ष उमेर समूहका ३४ हजार ६ सय ६० बालबालिकालाई खोप दिइने छ । खोप अभियानका लागि ३ सय ४० स्वास्थ्यकर्मी परिचालन गरिनेस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । मकवानपुर जिल्लाका दश वटै स्थानीय तहमा अभियान सञ्चालन हुनेछ । सबैभन्दा बढि हेटौडा उपमहानगरपालिकाका १० हजार ५ सय १३ बालबालिकालाई खोप प्रदान गर्ने तयारी छ ।
अभियानका लागि ४ हजार १ सय ४५ भाइल भ्याक्सिन तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । सरकारले सन् २०२६ सालभित्र देशबाट दादुरा र रुबेला नियन्त्रण गर्ने लक्ष राखेर खोप देशैभर अभियान चलाइरहेको छ । पौष १५ सम्मको तथ्याङ्क अनुसार मकवानपुर जिल्लामा ४० जना बालबालिकामा दादुरा रुबेला सक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षित समूहका बालबालिलाई नजिकको खोप केन्द्रमा लगेर खोप लगाउन स्वास्थ कार्यालयले आग्रह गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, उपप्रमुख सनुकाजी लुइटेल, उपमहानगरप्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*