दादुरा र रुवेला विरुद्ध खोप अभियान सफल पार्न अभिमुखीकरण कार्यक्रम
१० फागुन, हेटौँडा । फागुन १३ देखि १८ गते सम्म सञ्चालन हुने दादुरा र रुवेला विरुद्ध खोप अभियान सफल पार्न हेटौंडा उपमहानगरपालिकाले एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
हेटौंडा उपमहानगरक्षेत्रका १० हजार ५ सय १३ बालबाललिकालाई खोप प्रदान गर्ने लक्ष्य लिएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख भोला चौंलागाइले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरका १९ वटा वडामा १ सय २५ खोप केन्द्र मार्फत् ९ महिना देखी ५ वर्ष मुनिका बालबालिकाहरुमा दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने चौ.लागाईले बताउनुभयो ।
सबैभन्दा बढी हेटौंडा– १५ मा १३ वटा खोप केन्द्र निर्धारण गरिएको चौंलागाईले जानकारी दिनुभयो । खोप अभियानका लागि ६१ जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ । अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सञ्चारकर्मी, लगायतको उपस्थिति थियो ।














