फागुन १५ गते हेटौंडा रन हुने

संवाददाता
१३ फाल्गुन २०८०, आईतवार १९:२३

१३ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
उपमहानगरपालिकाले नगर खेलकुद विकास समितिको व्यवस्थापनमा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । सो बारे आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । सम्मेलनमा यही फागुन १८ गते प्रतियोगिता हुने जानकारी गराइएको हो । प्रतियोगिता बूद्धचोकदेखि सानोपोखरासम्म ५ किलोमिटर दौडको दूरी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः ६० हजार रुपैयाँ, ५० हजार रुपैयाँ र ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रोत्साहन पुरस्कार स्वरुप १० हजार दूई जनालाई दिइने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन टेलिफोनमार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
त्यसका लागि १६ वर्ष पूरा भएका नेपाली नागरिकहरुले सहभागिता जनाउनु पाउनेछन् । नगर खेलकुद विकास समितिका अध्यक्ष रबिद्र घिमिरेको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्यहरु संगीता केसी, बिनोद राय, सुनिल लोप्चन, सरस्वती लोलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*