प्रहरी चौकी भवन र विपद् व्यवस्थापन गुल्मको उद्घाटन
१६ फागुन, हेटौँडा । मकवानपुरमा बुधबार दुईवटा प्रहरी कार्यालय उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडा ४ स्थित नवनिर्मित प्रहरी चौकी भवन र हेटौंडा ११ मा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको बुधबार उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले आफलेू प्रदेशको आन्तरिक मामिला मन्त्रालय सम्हाल्दा नै प्रहरी सेवामा थुप्रै अभाव देखेर बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडा लगायतले मन्तव्य राखेका थिए । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको तीन करोड २८ लाख बजेटमा विपद् व्यवस्थापन गुल्म र मन्त्रालयकै तीन करोड ३६ लाख सहयोगमा वडा प्रहरी कार्यालयको भवन निर्माण गरिएको हो । कायृक्रममा भवन निर्माणमा सहयोग पु¥याउनु हुने विभिन्न व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।














