बालजागृति ईङ्लिस बोडिङ स्कुल बालमैत्री विद्यालय घोषणा हुने
१८ फागुन, हेटौँडा । हेटौंडा २ स्थित बालजागृति ईङ्लिस बोर्डिङ स्कुललाई बालमैत्री विद्यालय घोषणा गरिने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गदै विद्यालयले बालमैत्री घोषणा गर्ने सम्बन्धमा जानकारी दिएको हो । फागुन २२ गते विद्यालयलाई बाल मैत्री घोषणा गर्न लागिएको प्रधानाध्यापक विनोद सुवेदीले जानकारी दिनुभयो । बाल मैत्री कार्यक्रम अन्र्तगत बिद्यालयले शिक्षा सम्बन्धि २६ वटै सुचक पुरा गरेको प्रधानाध्यापक सुवेदीले दाबी गर्नुभयो । २२ गते मंगलबार विहान बाल विशेषज्ञको साथमा स्वास्थ्य परिक्षण, ९ बजेपछि विभिन्न झाँकी, पञ्चेबाजा सहित प्रभातफेरी गरिने र ११ बजेपछि औपचारिक कार्यक्रम आयोजना गरी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने कार्यतालिका रहेको प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।
मेयर मिना लामाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा अभिभावक, विद्यार्थी, वडाभित्र रहेका २१ वटा टोलविकास समितिका प्रतिनिधि, अन्य विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरुको सहभागिता रहने उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा नम्बर २ का कार्यवहाक अध्यक्ष सुरज बर्तौला, वडा सदस्यद्धय मैया परियार र इन्द्रप्रसाद रिजाल, वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कृशाङ्गी अर्यालको आतिथ्यता रहेको थियो । विद्यालयमा नर्सरी देखी कक्षा १० सम्म एक हजार पाँच सय ३४ विद्यार्थी अध्ययनरत् रहेको प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।














