काकाकुल ढुङ्गेगढीले पायो पिउने पानी

अम्बिका बस्नेत
२० फाल्गुन २०८०, आईतवार १८:२२

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको एक यस्तो स्थान जहाँका मानिसहरु खानेपानीकै लागी घण्टौ खर्चिन्थे । त्यो ठाउँ हो मकवानपुर गढी गाउँपालीकाको ढुंगेगढि । पानीको एक एक थोपाका लागि तर्सिने गर्दथ्ये यहाँका बासिन्दाहरु । एक गाग्री पानीको लागि लामो यात्रा तय गर्नुपर्ने ढुङ्गेगढीको बाध्यता थियो । पानी बोक्ने क्रममा उकाली ओराली गरेर घण्टौ बितेको पत्तै हुदैंन थियो । एक गाग्रो पानी बोक्नको लागि घण्टौको यात्रा गर्नुपर्ने बाध्यताले ग्रामिण तथा विपन्न समुदायको दैनिकी कष्ठकर बन्ने गरेको थियो ।


गैरसरकारी संस्थाको मद्धतबाट आकाशे पानी संकलनको लागी घ्याम्पोको निर्माण गरिएको थियो । घरको छानाबाट घ्याम्पोमा पानी जम्मा हुने गरेको थियो । घ्याम्पोमा साढे ५ हजार लिटर पानी अटाउने गर्छ । घण्टौ लाएर पानी बोक्न पर्ने बाध्यतालाई भने पानी पर्ने बेलामा केहि राहत पाएका थिए त्यहाँका स्थानीयहरुले । घ्याम्पो निर्माण पश्चात् भने दैनिक उकाली ओराली गर्नु पर्ने ती खुट्टाहरुले पनि केही समय आराम पाएको थियो । घ्याम्पोमा आकाशे पानीको संकलन जब पानी पर्न थाल्छ तब मात्रै जम्मा हुने गर्दथ्यो । त्यस बाहेक अन्य सुख्खा मौसममा भने पुनः स्थानीयहरु उकाली ओराली गरेर कुवा धाउने गर्थे । बाटो आयो , खाने पानीको ट्याङ्की बन्यो तर पनि पानी भने आउन सकेको थिएन ।


ढुङ्गेगढिका स्थानियले पानी पाउँदा उनीहरुमा खुसियाली छाएको छ । समयमा घर धन्दा गर्न सकिने, पिउनलाई उचित पानीको व्यवस्था भएको , पशुचौपायलाई पानी समयमा पिलाउन सकिने र सिचाइको लागि पानी प्रयाप्त भएको स्थानीय कुमार स्याङतानले बताउनुभयो ।


पानी साबिकको सुकैरा गाविस अर्थात् गढिगाउँपालिका ७ नम्बर वडा टिकाचुली लेकबाट ल्याईएको हो । ढुङ्गे गढि र त्यहाँ वरपरका स्थानको लागि १ लाख लिटर ट्याङ्की निर्माण गरिएको थियो । खानेपानीमा भने मिटर हाललिएको छैन् । धारा बनाएपछि मिटर हालिने स्याङतानले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*